कर्णाली नदीको भँगालो खौराहा खोलामा देखिन थाले गोही



बर्दिया ।

ठाकुरबाबा नगरपालिकास्थित हात्तीसार नजिक बग्दै गरेको कर्णाली नदीको भँगालो खौराहा खोलामा गोही देखिएका छन् । खौराहा खोलामा २० वर्षपछि २८ वटा गोहीहरु देखिएका हुन् ।

गत वर्षदेखि मात्र कर्णाली नदीको भँगालो खौराहा खोलामा पानी बग्न थालेको थियो । खोलामा पानी बग्न थालेसँगै गोही देखिन थालेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका प्रमुख विष्णुप्रसाद श्रेष्ठले लामो समयदेखि खौराहा र गेरुवाको ढुंगा, गिट्टी र बालुवा हटाएपछि पानी बग्न थालेको बताए ।

‘खौराहा र गेरुवाको ढुंगा, गिट्टी र बालुवा हटाएपछि पानी बग्न थालेको हो’ उनले भने, ‘अहिले आएर यही स्थानमा नै गोहीको सरंक्षण हुन थालेको छ ।’

हाल बबई नदीमा २९ वटा वयस्क र गोही प्रजनन केन्द्रबाट छाडिएका ५० वटा बच्चा रहेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार कर्णाली नदीमा मात्रै ३ वयस्कसहित २८ वटा बच्चा रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ १ गते बुधबार