कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको बस पल्टिँदा आगलागी, ३१ जना घाइते



बाँके ।

कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको बसमा आगलागी भएको छ। बुधबार बिहान ना ५ ख ५१०० नम्बरको बस आफै अनियन्त्रित भई सडक छेउमा पल्टिँदा बसमा आगलागी भएको हो।

नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन्।

घाइते यात्रुमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको नवलपुर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए।

अन्य घाइतेहरूको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको बताइएको छ। दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ साउन ११ गते बुधबार