बाँके । कोहलपुर नगरपालिकाको मुख्य क्षेत्र चौराहामा प्रदर्शन भइरहेको छ । यसअघि वडा नम्बर ११ को न्युरोड चोकमा चक्काजाम स्थानीयले चक्काजाम गरेका थिए ।

बुधबार नेपालगन्ज मेडिकल कलेजको बसले ठक्कर एक जनाको मृत्यु भएपछि केही समयदेखि कोहलपुर अशान्त छ । दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दे मृतकका आफन्तहरुले सडक जाम गरिरहेका छन् ।
बुधबार साँझ न्यू रोडको होटेल अतिथि नजिकैको चोकमा भे १ क १२५ नम्बरको बसले भे ४ प ३२५३ नम्बरको मोटरसाइकल चालकलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक कोहलपुर नगरपालिका– ११ एनटिभीका ६० वर्षीय रामबहादुर थापाको मृत्यु भएको थियो ।
प्रकाशित मिति : २०७९ असार ३० गते बिहीबार









प्रतिक्रिया दिनुहोस्