भारतले आगामी ५ वर्षभित्र पेट्रोलमा प्रतिबन्ध लगाउने



एजेन्सी ।

संसारभरि महंगी बढिरहेको बेलामा तेलको भाउ पनि आकासिएको छ ।

यसैबीच भारतका केन्द्रीय परिवहन मन्त्री नितिन गडकरीले बिहीवार ठूलो बयान दिएका छन् । पेट्रोल र डिजेलको मूल्य लगातार बढिरहेकाले आगामी पाँच वर्षमा भारतमा पेट्रोलमाथि प्रतिबन्ध लगाइने उनले बताए ।

डा पंजाबराव देशमुख कृषि विश्वविद्यालयको ३६औं दीक्षान्त समारोहमा बोल्दै गडकरीले बायो इथेनोल उपयोग गरिएका वाहनहरू प्रयोगमा ल्याइने बताए । यस हरित अक्सिजनलाई इनारको पानीबाट बनाउन सकिने र ७० भारु प्रतिकिलोको हिसाबमा बेच्न सकिने उनको भनाइ छ ।

इथेनोलका बारेमा निर्णय लिँदा देशमा २० हजार करोड भारुको बचत भएको उनको भनाइ छ । निकट भविष्यमा दुईपांग्रे र चारपांग्रे वाहनमा ग्रीन हाइड्रोजन, इथेनोल र सीएनजी लगाइने अनि पेट्रोल र डिजेललाई क्रमशः विस्थापित गरिने गडकरीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार २४ गते शुक्रबार