बाँकेमा पाँच प्रतिशत मात्र धान रोपाइँ

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार जिल्लामा असार १५ गतेसम्म मात्र पाँच प्रतिशत धान रोपाइँ भएको छ । ढकालले गत वर्षका तुलनामा यो निकै कम भएको बताए ।

उनका अनुसार गत वर्ष यस अवधिमा जिल्लामा करिब ४० प्रतिशत रोपाइँ भइसकेको थियो । ढकालले गत वर्षको तुलनामा कम रोपाइँ भए पनि धान रोप्ने उपयुक्त समयका हिसाबले ढिलाइ नभएको बताए ।

नेपालगन्ज । 

बाँके जिल्लामा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । वर्षात सुरु हुन ढिलो हुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको हो ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार जिल्लामा असार १५ गतेसम्म मात्र पाँच प्रतिशत धान रोपाइँ भएको छ । ढकालले गत वर्षका तुलनामा यो निकै कम भएको बताए ।

उनका अनुसार गत वर्ष यस अवधिमा जिल्लामा करिब ४० प्रतिशत रोपाइँ भइसकेको थियो । ढकालले गत वर्षको तुलनामा कम रोपाइँ भए पनि धान रोप्ने उपयुक्त समयका हिसाबले ढिलाइ नभएको बताए ।

‘बाँकेमा विशेष गरी असार अन्त्यसम्ममा रोपाइँ हुने गरेको छ । त्यस हिसाबले उत्पादनमै असर पर्ने गरी रोपाइँमा ढिलाइ भएको छैन,’ उनले भने । बाँकेमा अधिकांश किसान अझै आकासे पानीको भरमा रोपाइँ गर्न बाध्य छन् । एकदमै कम किसानले मात्रै ट्युबवेलका भरमा रोपाइँ गर्ने गरेका छन् ।

यसैबीच धान दिवसको दिन परेको पर्याप्त वर्षाले बीउ छिप्पिने चिन्तामा रहेका किसानलाई भने राहत भएको छ । समयमै मनसुन सुरु भए पनि पर्याप्त पानी नपर्दा कतिपय किसानले राखेको बीउ छिप्पिने अवस्था आइपुगेको थियो ।

बुधबार रातिदेखि पर्याप्त वर्षा भएपछि किसान धमाधम रोपाइँतिर लागेका छन् । तर मलको भने किसानहरुलाई सकस छ । यस वर्ष पनि धान रोप्ने समयमा किसानहरुले मल पाएका छैनन् । बाँकेमा ३६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार १६ गते बिहीबार