अव आधुनिक कृषि प्रणाली आवश्यक छ —मेयर आचार्य



कविन्द्र परियार/कोहलपुर १० असार,
बाँकेको कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले अब किसानहरुका लागी निर्वाही मुखी कृषि प्रणाली नभएर आधुनिक कृषि प्रणाली आवश्यक रहेको बताएका छन । शुक्रबार कोहलपुर नगरपालिका कृषि शाखाको आयोजनाामा संञ्चालन गरिएको पावर टिलर तथा मिनिटिलर वितरण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन ।

मेयर आचार्यले परम्परागत कृषि प्रणालीबाट किसानहरुको लगानी समेत नउठ्ने अवस्था भएकोले कृषिमा आधुनिकिरण र र यन्त्रीकरण आवश्यक रहेको बताए । उनले पछिल्लो समयमा देखिएको खाद मल अभावले किसानहरुलाई समस्या देखिएको बताउदै स्थानीय सरकारलाई समेत मल खरिद गरी किसानहरुलाई सहज ढंगबाट उपलब्ध गराउने वातावरण सरकारले मिलाउनु पर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीले अब कृषि क्षेत्रमा कामदार भन्दा यन्त्रको प्रयोग गरी कम लगानीमा उत्पादकत्व बढाउन सकिने बताइन । कार्यक्रमा कोहलपुर नगरपालिका भित्रका ५० प्रतिशत अनुदानमा १३ वटा पावर टिलर र ८ वटा मिनि टिलर वितरण गरिएको थियो । कोहलपुर नगरपालिका कृषि शाखा प्रमुख चन्द्र बहादुर बुढाले १३ वटा ८ वर्ष पावरको पावर टिलर र ८ वटा ७ हर्ष पावरको मिनी टिलर व्यक्ति,फर्म र सहकारी अन्र्तगतका किसानहरुलाई वितरण गरिएको बताए ।

पावर टिलरका लागी किसानले प्रति पावर टिलर ९३ हजार ५ सय र मिनि टिलरका लागी २९ हजार तिनुपर्ने नगर कृषि शाखाले जनाएको छ । पावर टिलर पाएपछि कोहलपुर नगरपालिका वडा नं ९ का किसान प्रदिप चौधरीले अब खेतबारी जोत्न सहयोग पुग्ने बताए ।

त्यस्तै कोहलपुर नगरपालिका १५ का किसान सियाराम चौधरीले पावर टिलर कृषि क्षेत्रमा निकै सहयोग पु्ग्ने बताए ।
पावर टिलर वितरण कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल,आर्थिक विकास समित संयोजक अनिता बुढाक्षेत्री कृषि शाखाका कर्मचारी विभिन्न कृषि समुहका किसानहरु लगायतको सहभागीता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार १० गते शुक्रबार