कोहलपुरमा पनि मनाइयो योग दिवस



कोहलपुर ८ असार
आठौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा मंगलबार कोहलपुर नगरपालिका वडा नं ८ बाबानगरमा योग दिवस मनाइएको छ । आयुर्वेद औषधालयको आयोजना तथा पतञ्जली
योग समिति, महिला पतञ्जलि योग समिति र युवा नेपाल समितिको सहकार्यमा कोहलपुर नगरपालिका ८ स्थित नमुना विद्या सदन मा. वि. बाबानगरमा योग दिवस मनाइएको छ।

अन्तर्राष्ट्रिय प्रोटोकल अनुसार युवा नेपाल समिति लुम्बिनी प्रदेशका सचिव टेकनारायण भुसालले सहभागीहरूलाई योग अभ्यास गराएका थिए । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल र अन्य जनप्रतिनिधि एवम् कर्मचारीहरू योग अभ्यासमा सहभागीता जनाएका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले योगलाई मानव जीवनकको दिनचर्याको विषय बनाउनुपर्ने बताए ।
प्रमुख प्रशासकीय अधिकृत ढकालले योगबाट आहार विहार र जीवनशैलीमा परिवर्तन गरेर आफुले छोटो समयमै पर्याप्त उपलब्धि पाएको अनुभव सुनाएका थिए । वरिष्ठ आयुर्वेद चिकित्सक डाक्टर बुद्धिप्रकाश रेग्मीले योग र आयुर्वेदबाट विशेष गरी नसर्ने रोगको नियन्त्रणमा राम्रो सफलता पाप्त गर्न सकिने बताए ।
कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद वि. क. ले जनस्वास्थ्यमा सफलता प्राप्त गर्नुछ भने योगलाई जनताका घर घरमा पु¥याउन ुपर्ने आवश्यकता रहेकाको बताए । उक्त समारोहमा लामो समयदेखि योग जागरणमा समर्पित गोबर्धन केसी र तारानाथ योगीलाई नगर प्रमुख आचार्यले सम्मानपत्र र दोसल्ला सहित सम्मान गरेका थिए ।

कार्यक्रममा कोहलपुर आयुर्वेद औषधालयका कविराज निरीक्षक उदीप श्रेष्ठले कविराज निरीक्षक एवम् पतञ्जलि योग समिति कोहलपुरका नगर संयोजक गौरिशंकर मन्डलले लगायतको सहभागीता रहेको थियो

  • No tags available
प्रकाशित मिति : २०७९ असार ८ गते बुधबार