कोहलपुर : कोहलपुर नगरपालिकाका तीन स्थानमा जनचेनतामुलक सडक नाटक ‘जेब्रा क्रसिङ’ प्रदर्शन गरिएको छ । शनिबार कोहलपुर नगरपालिका वडा नम्बर ३, मदनचोक, वडा नम्बर १२ चप्परगौडी र वडा नम्बर १४, हवल्दारपुरमा सडक नाटक प्रदर्शन गरिएको हो । आयोजक समाज सेवा संस्था नेपाल कोहलपुरका अध्यक्ष विनोद थापादे सवारी दुर्घटना सम्बन्धी ट्राफिक सचेतनामुलक नाटक ‘जेब्रा क्रसिङ’ प्रदर्शन गरिएको जानकारी दिए ।

उनका अनुसार विद्यामान सवारी दुर्घटना तथा ट्राफिक सचेतना लगायतका विषयमा स्थानीयहरुलाई जानकारी दिने उद्देश्यले सडक नाटक प्रदर्शन गरिएको थियो ।
‘नाटकको मुख्य उद्देश्य नै कसरी सवारी दुर्घटना न्युनिकरण गर्ने भन्ने नै हो । नाटकमा ट्राफिक सम्बन्धी नियम, मापसे तथा जेब्रा ग्रसिङबारे जानकारी गराएका छौँ । विभिन्न माध्यमबाट सचेतना जोगाउनु हामी सबैको कर्तव्य हो’, अध्यक्ष थापाले भने ।
उनले कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउने परिस्थितिको अन्त्य हुनुपर्ने बताएका छन् । यस्तै सप्ताहव्यापी कार्यक्रम अन्तर्गत असार ११ गते कोहलपुरमा चौराहमा सडक नाटक प्रर्दशन गरिने अध्यक्ष थापाको भनाइ छ । जनचेनतामुलक सडक नाटक ‘जेब्रा क्रसिङ’ प्रदर्शनका लागि जिल्ला ट्राफिक कार्यालय कोहलपुर, बाँकेले प्राविधिक सहयोग गरेको छ । कोहलपुर नगरपालिकाले आर्थिक सहयोग गरेको सडक नाटक प्रदर्शन समाज सेवा संस्था नेपाल कोहलपुरको आयोजना सम्पन्न भएको हो ।









प्रतिक्रिया दिनुहोस्