सुतेकै ठाउँमा मृत भेटिए वडाध्यक्ष



जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ ।

शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीकाअनुसार उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा जितेका थिए ।

घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको सहायक प्रजिअ अधिकारीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार ४ गते शनिबार