हाइटेन्सन लाइनमा पुग्यो सेनाको हेलिकोप्टर



नुवाकोटको बेलकोटगढी नगरपालिकाका प्रेम बिकको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पुगेको छ।

ककनी गाउँपालिका वडा नं ७ को हाइटेन्सन लाइनमा चढेका बिकको उद्धारका लागि केहीबेर अघि सेनाको हेलिकोप्टर पुगेको हो।

स्थानीय जयबहादुर तामाङले बिकको उद्धारका लागि सेनाको हेलिकोप्टर पुगेको जानकारी दिएका छन्।

ककनी गाउँपालिका वडा नं ७ को हाइटेन्सन लाइनमा चढेका बेलकोटगढी नगरपालिकाका बिक अहिले लिखु गाउँपालिका पुगेका छन्।

शनिबार बिहान १० बजे पोलमा चढेका उनी तारतारै हिँडिरहेको स्थानीय प्रत्यक्षदर्शी तामाङले जानकारी दिएका छन्।

 

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ २८ गते शनिबार