एकैदिन ९ सयले बढ्यो सुनको मूल्य



काठमाडौं ।

आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजोको तुलनामा प्रतितोला ९०० रुपैयाँले बढेको हो ।

हिजो विहीबार प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो विहीबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ २० गते शुक्रबार