नेपालगन्ज ।
नेपालगन्जको धम्बोझी चोकमा स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्ने भए समूहले धम्बोजी चोक नजिकै रहेको सेतु विक चोकमा राखिएको सेतु विकको सालिक पनि तोडफोड गरेका छन् ।
प्रहरीले धम्बोझी चोकबाट उनीहरुलाई हटाएपछि सेतु विक चोकमा पुगेर राजावादीको समूहले सहिद सेतु विकको चोकमा तोडफोड गरेका हुन् । सेतु विक चोकलाई दोस्रो जनआन्दोलन भन्दा अगाडिसम्म ज्ञानेन्द्र चोक भनिन्थ्यो ।
पछि जनआन्दोलनमा शहीद भएकी सेतु विकको नामबाट त्यसलाई सेतु विक चोक भनियो र सो स्थानमा उनकै सालिक राखियो । अहिले यहाँको चोकलाई समेत प्रहरीले सुरक्षा दिइरहेको छ ।
प्रकाशित मिति : २०७९ जेठ १९ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्