प्रतितोला दुई सय रूपैयाँ बढ्यो सुनको भाउ



बाँके ।

सोमबार चुन-चाँदीको मूल्य बढेको छ।

आज सुन प्रतितोला ९८ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला दुई सय रूपैयाँ बढेको हो। सुनचाँदी व्यवसायी महासं‌घका अनुसार आइतबार सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला १२ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ८० रूपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ १६ गते सोमबार