
देशमा भएका सबैजसो आन्दोलनजस्तै गणतन्त्रका लागि भएको २०६२–०६३ को आन्दोलनमा पनि बाँके जिल्लाको महŒवपूर्ण भूमिका रह्यो । यस कारण पनि महŒवपूर्ण रह्यो कि देशभरिमै सबैभन्दा पहिले सबै दलहरु मिलेर आन्दोलनको सुरुवात गरेको ठाउँ नेपालगन्ज नै थियो ।
त्यतिबेलाको अवस्था कस्तो थियो भने सात राजनीतिक दल एउटा मोर्चामा र हामी माओवादीहरु अर्काे मोर्चामा रहेर आन्दोलनमा होमिएका थियौं । सबै दलहरु मिलेर आन्दोलनमा व्यापक जनसहभागिता गराउने हामीले रणनीति बनाएका थियौं ।
त्यतिखेर राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको त्रास हर जनमानसमा थियो । माओवादीले उठाउँदै आएको राजतन्त्र विस्थापनको नारामा अब अरु दलहरु पनि सहमत हुने अवस्था आएको थियो ।
माओवादीले त गणतन्त्र र नयाँ संविधानको माग राख्दै १० वर्षदेखि सशस्त्र आन्दोलन गर्दै आएको थियो । जब राजा ज्ञानेन्द्रले सबै राज्यशक्ति आफ्नो हातमा लिए तब सबै दलहरु अब राजतन्त्रको विकल्प खोज्नुपर्छ भन्ने एक किसिमको निष्कर्षमा पुगेका थिए । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध सडकमा उत्रिएका थिए ।
तर हामी भूमिगत थियौं । शान्ति प्रक्रियामा आइसकेका थिएनौं । हामी भूमिगत अवस्थामा रहेकाहरुलाई सहरमा आएर आन्दोलनको अग्र मोर्चामा रहने अवस्था थिएन । यही न हाम्रा लागि ठूलो चुनौतीको कुरा थियो । जतिखेर जे पनि गर्नसक्ने अवस्था राजाले त्यतिबेला सिर्जना गरेका थिए ।
त्यस कारण माओवादीका भूमिगत अवस्थामा रहेका र राज्यको नजरमा रहेक नेताहरु अग्रमोर्चामा नरहने गरी आन्दोलनको रणनीति बनायौं । हामी गाउँमा बढी केन्द्रित भयौं । अरु दलहरु सहर केन्द्रित भए । हामीले गाउँगाउँबाट मानिसहरुलाई सम्झाउँदै बुझाउँदै आन्दोलनमा सामेल गराउन थाल्यौं । बसहरुमा मानिसहरुलाइ चढाएर नेपालगन्ज प्रवेश गराउन थाल्यौं ।
यता सात राजनीतिक दलहरुको आफ्नै संयन्त्र थियो । हामी उक्त संयन्त्रसँग आफ्नै ढंगले सम्पर्कमा थियौं । त्यतिखेर हामीसँग सम्पर्कमा आउने साथीहरु पनि राज्यका नजरमा अपराधी ठानिने भएकोले त्यसको गोपनियता कायम गर्नु फेरि अर्काे चुनौती हुन्थ्यो । हामीले बाँकेमा विशेषगरि पश्चिमी क्षेत्रबाट आन्दोलनको मोर्चा बलियो बनायौं ।
त्यतिबेला डम्मर विक तुफान हाम्रो बाँके बर्दिया सेक्रेटरी हुनुहुन्थ्यो । हामीले खजुरा क्षेत्रबाट आन्दोलनको लागि जनसहभागिता बढाउन धेरै संघर्ष ग¥यौं । हामीले जनमुक्ति सेनाका कमरेडहरुलाई पनि सादा पोसाकमा आन्दोलनमा खटायौं । त्यसैगरी बाहिर नदेखिएका र नचिनिएका हाम्रो पार्टीका कमरेडहरुलाई पनि आन्दोलनको नेतृत्वमा खटायौं ।
सम्झाउने बुझाउने काममा हामी खटिएका थियौं । गाउँगाउँमा जाने जनताहरुलाई आन्दोलनको महŒव बुझाउन थाल्यौं । राजतन्त्रविरुद्ध हामीले जुन कुरा बुझाउँदै आएका थियौं अन्तमा जनताले आँखै अगाडि त्यो देखे र उनीहरु आन्दोलनमा सहभागी हुने अवस्था आयो ।
सबै जनताहरु आन्दोलनमा होमिन तयार हुने स्थिति पनि थिएन । अन्योलताको अवस्थामा आन्दोलनमा सहभागी गराउनु त्यति सजिलो काम थिएन ।
सेतु विकको सहादत
जनआन्दोलनमा नेपालगन्जको सहभागिताको एक बिम्ब हुनुहुन्छ सेतु विक । भूमिगत अवस्थामा हामीहरु जनतासँगै र उनीहरु बीचमै थियांँ । म त्यतिबेला खजुरा क्षेत्रको ईन्चार्ज थिएँ । हामीलाई आश्रय र खाना दिने प्रायः गरिब र विपन्न समुदायकै हुन्थे ।
सेतु विक पनि त्यसमध्ये एक हुनुहुन्थ्यो । ऐलानी बस्तीमा रहेको उहाँको घर एकदमै नाजुक हालतको थियो । हामीहरु कहिलेकाहिँ कसैले दिएको अन्न लिएर उहाँलाई दिन्थ्यौं र पकाइदिन भन्थ्यौं । उहाँको अवस्था हामीलाई खुवाउन सक्ने थिएन । ईट्टाभट्टामा मजदुरी गरेर गुजार गर्दै आउनुभएको थियो । श्रीमान्को आर्थिक जोहोमा सहभागिता थिएन ।
करिब ३०, ३२ को उमेरमै उहाँका तीन छोरा थिए । उहाँ पढेलेखेको पनि हुनुहुन्थेन । तर हामी लुक्न गाउँमा जाँदा सोधिराख्नुहुन्थ्यो कि तपाईंहरु किन यसरी हिँडिरहनुभएको ? यसरी हिँडेर के फाइदा हुन्छ ? भनेर । हामीले उहाँजस्तै स्थानीयहरुलाई सम्झाउने कोसिस गथ्र्यौं ।
हामी जातीय विभेद, महिला–पुरुषबीचको विभेद र विपन्नता अन्त्य गर्न अहिलेको सरकार ढल्नुपर्ने र नयाँ व्यवस्था आउनुपर्ने कुरा बुझाउन पर्यन्त गथ्र्यौं । उहाँले बिस्तारै कुरा बुझ्दै जानुभएको थियो । यद्धपि उहाँ नोटिस गर्नुपर्नेगरी हामी कसैको दिमागमा हुनुहुन्थेन । भेटघाट र बोलचाल भइरहेको हुन्थ्यो ।
जब जनआन्दोलन सुरु भयो । मानिसहरु गाउँगाउँबाट आन्दोलनमा जान थाले । २०६३ वैशाख ५ गतेका दिन नेपालगन्जमा गाउँगाउँबाट मानिसहरु भेला भएका थिए । आन्दोलनले चरम रुप धारण गरेको थियो ।
हामीले जनमुक्ति सेनाका कमरेडहरुलाई पनि उक्त आन्दोलनमा सहभागी गराएका थियौं । सेतु विक पनि आन्दोलनका लागि १२ किलोमिटर टाढा नेपालगन्ज पुग्नुभयो । त्यतिखेर उहाँका पति पनि भारतमा हुनुहुन्थ्यो । उहाँलाई हामीले बुझाउँदै आएको कुराले पनि उत्प्रेरणा दियो होला र आन्दोलनको उभारले पनि तान्यो होला । उहाँ अन्ततः आन्दोलनमा सहभागी सडकमै उत्रिनुभएछ ।
आन्दोलनकारीहरूले न्युरोडमा तत्कालीन राजा ज्ञानेन्द्रको निर्माणाधीन सालिक भत्काउन लागेको बेला प्रहरीले प्रहार गरेको अश्रुग्याँसको अश्रुग्याँसको सेल भीडमा रहेकी सेतुको मुखैमा लागेछ । उहाँ त्यही पछारिनुभएछ । सेतु विकले एक आम महिला ।
उहाँको आन्दोलनमा सहभागिता र अन्तमा दुःखद् निधन । यो उक्त आन्दोलनको बिम्ब हो । सेतु विक एक बिम्ब हुनुहुन्छ । त्यस आन्दोलनमा लाठी खाएका, अश्रुग्याँस झेलेका, जेलनेल भोगेका, घाइते भएका सबैलाई यतिखेर हामीले सम्झिनुपर्छ । सम्झिने मात्रै होइन उहाँहरुका सपनाहरुको हिसाबकिताब पनि दिनुपर्छ ।
मलाई लाग्छ हामीले लामो संघर्षपश्चात् गणतन्त्र त ल्यायौं । व्यवस्था त बदल्यौं । तर अवस्था बदल्न सकेनौं । स्वयम् सहिद सेतु विकको गाउँ नै अहिले ललपुर्जाविहीन छ । सेतु विकहरु बसेको जमिनलाई कोही व्यक्तिले षड्यन्त्रपूर्वक आफ्नो नाममा गरेको छ । स्था
नीयवासीहरु आफ्नो बासको अनिश्चितताको भूमरीमा छन् । हामीले सेतु विकको शालिक बनाएर र उनको नाममा स्वागतद्वार बनाएर आफ्नो तुष्टि त पूरा गरौँला तर ती सहिदको असली सम्मान त्यसरी हुँदैन । हामीले हरेक नागरिकको गास, बास, कपास, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी जबसम्म गर्न सक्दैनौं तबसम्म सेतु विकहरुका सपना अधुरै रहनेछन् ।
(तत्कालिन नेकपा माओपादीकी नेतृ तथा लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी (नमुना) सँग मिसन टुडेकर्मी वीरेन्द्र जैसीसँग गरिएको कुराकानीमा आधारित । सम्पादित अंश ।)









प्रतिक्रिया दिनुहोस्