17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

जब विमानस्थलको टेलिभिजन सेटमा अश्लील सामग्री बज्न थाल्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ १४, २०७९  

 (एजेन्सी) ।

विमानस्थलमा राखिएका टेलिभिजन सेटमा अक्सर उडान, सुरक्षालगायत जानकारी प्रसारण भइरहेका हुन्छन् । यस्तै प्रयोजनका लागि विमानस्थलमा राखिएको टेलिभिजन सेटमा एकाएक अश्लील सामग्री प्रसारण भएपछि शुक्रबार असहज परिस्थिति उत्पन्न भएको छ ।

घटना ब्राजिलको रियो दि जेनेरियोस्थित विमानस्थलको हो ।

उडानबारे जानकारी दिइरहेको टेलिभिजन एकाएक अश्लील सामग्री प्रसारण भएपछि यात्रुहरू अकमक्क परे ।

यो भिडियो सामग्री अहिले सामाजिक सञ्जालमा समेत भाइरल बनिरहेको छ । जसमा केही यात्रु हाँसिरहेको र बच्चाका अभिभावकले भने तिनलाई त्यस्तो दृश्य हेर्नबाट रोक्न मुख छोपिरहेको देख्न सकिन्छ ।

घटनाबारे प्रहरीले अहिले अनुसन्धान गरिरहेको ब्राजिलका सञ्चार माध्यमले जनाएका छन् । प्रारम्भिक अनुसन्धानमा विज्ञापन कम्पनीको लापरबाहीले सिस्टम ह्याक भएको खुलेको छ ।

यहाँको विमानस्थलले सूचना सेवा अन्य एजेन्सीबाट लिँदै आएको थियो । विमानस्थलका अधिकारीले एजेन्सीसँग सूचना सेवा लिएकाले उही जिम्मेवार हुनुपर्ने बताएका छन् ।

प्रकाशित मितिः शनिबार, जेष्ठ १४, २०७९     10:03:56 AM  |