बर्दिया ।
गुलरियामा विद्युत् प्राधिकरणको गाडिले ठक्कर दिदाँ एक बालकको मृत्यु भएको छ । बा १ ञ १९०३ नम्बरको गाडिले ठक्कर दिँदा ११ वर्षीय लवकुश यादवको घटनास्थलमै मृत्यु भएको हो ।
बिहीबार गुलरिया–नेपालगन्ज सडक खण्ड अन्तर्गत पर्ने गुलरिया नगरपालिकाको डल्लापुरमा ठक्कर दिएको थियो ।
ठक्कर दिने प्राधिकरणको गाडि र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश सापकोटाले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७९ जेठ १२ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्