
शोकमा रहेको सुन्दर हरिजन परिवार ।
नेपालगन्ज ।
मंगलबार मिसन संवाददाता सुन्दरको घर पुग्दा परिवारका सदस्यहरु चिन्तित मुद्रामा थिए । ‘दाई अब म घर फर्किन्छु पैसा पठाइदे भनेर भनेको भाइले एक्कासी आत्महत्या ग¥यो भनेर कसरी पत्याउने,’ सुन्दरका दाई राजकुमारले भने, ‘उसलाई मैले करिब १० दिनअघि आइएमई गरेर ६ हजार रुपैयाँ पठाइदिएको थिएँ । अहिले भार्ईकै हत्या गरिदिए ।’
सानो घर अगाडि सुन्दरका आमा, दुईजना दाई, भाउजुलगायत परिवारका सदस्यहरु सुन्दरका भनेर प्रहरीले दिएका कपडा र सामानहरु हेरेर टोलाइरहेका थिए । सामान्य खर्चसमेत पु¥याउन नसक्ने अवस्थाको परिवारका सुन्दरका भनेर प्रहरीले दिएका सामानमा महँगा पंखादेखि कपडा र कस्मेटिकसम्मका सामानहरु छन् ।
भाई राजकुमारले भने, ‘यसमा भएका कतिपय कपडाहरु त भाईलाई फिट नै हुँदैनन् ।’ सुन्दरका पिता ६० वर्षीय बाबुलाल हरिजन बायाँ पट्टिको शरीर प्यारालाइसिसले नचल्ने भएको छ । करिब ७, ८ महिनाअघि बाबुलालमाथि खसेको यो कहरको उपचार आर्थिक अभावमा उनीहरुले गर्न पाएका छैनन् । राजकुमार र सुनिलले ज्यालामजदुरी गरेर गुजारा चलाइरहेका छन् ।
विगतमा गल्ती गरेर जेल जानुपरेका भाई सुध्रिएर आउलान् र परिवारको दुःखमा साथ देलान् भन्ने आशामा बसेको परिवार अहिले उनको शंकास्पद मृत्युको खबरले आहत बनेको छ । बुबा बाबुलाल कोठामै थन्किएर शोकविह्वल दिन बिताइरहेका छन् । ४५ वर्षीया आमा राधादेवी छोराको न्यायका लागि आवाज उठाउँदै सडकमा हिँड्न बाध्य भएकी छन् । विभिन्न अड्डा अदालत धाइरहेकी छन् ।
सुन्दरको शवको सद्गत पनि परिवारले गर्न पाएको छैन । सदगत गरेपछि शरीरमा भएका प्रमाणहरु नष्ट भइहाल्लान् कि भन्ने शंका परिवारलाई छ । पोष्टमार्टम पनि फेरि गरिनुपर्ने माग उनीहरुको छ । आमा राधा भन्छिन्, ‘मेरो छोरा अब सुध्रिएर आउँछु । राम्रो काम गर्छु भन्थ्यो । तर पापीहरुले उसलाई जेलमै मारिदिए । उसले जसरी पनि न्याय पाउनुपर्छ ।’









प्रतिक्रिया दिनुहोस्