बाँके ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा एमाले निकट राष्ट्रिय युवा संघ बाँकले मशाल जुलुस निकालेको छ ।
बुधबार साँझ कोहलपुरमा मूल्यवृद्धिको विरोधमा अनेरास्ववियू बाँके र युवा संघ बाँकेले संयुक्त रुपमा मशाल जुलुस निकालेका हुन् ।
कोहलपुरको न्यूरोड चोकबाट सुरु भएको मशाल जुलुस कोहलपुरमा चौराहामा पुगेर समापन भएको थियो । मशाल जुलुस प्रदर्शनमा युवा संघ तथा अनेरास्ववियूका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।
नेपाल आयल निगमले केही दिन पहिलेमात्र डिजेल, पेट्रोल, मट्टितेल, खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको थियो ।
प्रकाशित मिति : २०७९ जेठ ११ गते बुधबार
प्रतिक्रिया दिनुहोस्