बाँके ।
कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर उद्योग बाणिज्य संघ कोहलपुरको काविल संस्था भएको बताएका छन् । मंगलबार संघले गरेको बधाई तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले कोहलपुर बनाउन सबैजना आफ्नो ठाउँबाट लाग्नु पर्ने दाबी गरे ।
‘कोहलपुर बजारमा देखिएको फोहोरले कोहलपुरबासी सचेत नागरिकहरुलाई फोहोरले जिस्काई रहेको आफुलाई आभाष भएको छ’ उनले भने, ‘फोहोरको बारेमा नगरपालिकाले गर्नु पर्ने कुरा के हुन बुदाँगत र संस्थागत आएमा आफुहरु यो विषयलाई अगाडि वढाउन तयार छुँ ।’
कार्यक्रममा नगर उप–प्रमुख संगिता सुवेदीले कोहलपुर नगरपालिकाले कोहलपुर उद्योग बाणिज्य संघको निर्माण भैरहेको भवनको लागि आगामी बजेटमा समाबेस गरेर सहयोग गर्ने बताईन् । एकल महिला र पछाडि परेका महिला दिदिवहिनी आमाहरुलाई सिप विकासका विभिन्न कार्यक्रम गरेर महिला उद्यमी वनाउन आफुहरुले पहल गर्ने उनले दाबी गरिन् ।
नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य चक्रबहादुर अधिकारीले कोहलपुर उद्योग बाणिज्य संघ र कोहलपुर नगरपालिकाबीच नङ र मासुको सम्बन्ध रहनु पर्ने बताएका थिए ।
नगरपालिकाका र संघबिच कुरा नमिल्दा कोहलपुरका व्यावसायीहरुले मन खोलेर नगरपालिकालाई सहयोग गर्ने वातावरण पहिला नबनेको भन्दै उनले नयाँ जनप्रतिनिधिहरुले संघसँग हात मिलाएर काम गर्ने वातावरण बनाउन आग्रह गरे ।
कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले कोहलपुर उद्योग बाणिज्य संघले सुरु गरेको सीसी क्यामरा जडान कार्यलाई नगरपालिकाले सहयोग गर्नुपर्ने बताए ।








प्रतिक्रिया दिनुहोस्