हवाई भाडा फेरि बढ्योः काठमाडौं–नेपालगन्ज १२ हजार आठ सय ९५ रुपैयाँ



नेपालगन्ज ।

हवाई भाडा फेरि बढेको छ । सरकारले हवाई इन्धनको मूल्य बढाएपछि वायु सेवा कम्पनीले पनि भाडा बढाएका हुन् ।

आयल निगमले आइतबार हवाई इन्धन प्रतिलिटर १० रुपैयाँले बढाएको थियो । सबैभन्दा धेरै काठमाडौं–धनगढीको भाडा चार सय ४५ रुपैयाँ बढेको छ । यस्तै सबैभन्दा कम काठमाडौं–सिमराको भाडा ९० रुपैयाँ बढेको छ ।

बढेको भाडा ११ गते बुधबारदेखि लागू हुनेछ । नयाँ दरअनुसार काठमाडौं–धनगढीको अधिकतम भाडा १५ हजार ६ सय ६५ रुपैैयाँ पुगेको छ ।

यस्तै काठमाडौं–नेपालगन्जको भाडा १२ हजार आठ सय ९५, भद्रपुरको ११ हजार नौ सय ३५, विराटनगरको नौ हजार तीन सय २५, जनकपुरको पाँच हजार दुई सय ५०, भरतपुरको चार हजार चार सय ३५, पोखराको ६ हजार तीन सय पाँच, भैरहवाको अधिकतम भाडा सात हजार आठ सय ८० रुपैयाँ पुगेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ ११ गते बुधबार