बाँसगढीमा मोटरसाईकल दुर्घटना हुँदा एक गम्भीर घाइते



बर्दिया ।

बाँसगढी बजारमा दुई मोटरसाईकल ठोक्किदाँ एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परेर अन्य दुईजना सामान्य घाइते भएका छन् । पूर्वदेखि पश्चिम जाँदै गरेका दुई मोटरसाईकल ठोक्किएका हुन् ।

लु ८४ प ३३२ को मोटरसाईकलमा सवार एकजना भने गम्भीर घाईते भएको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मोटरसाइकल पछाडी बसेकी अनिषा जैसी गम्भीर घाइते भएकी छिन् ।

उनको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । यसबारे थप अनुसन्धान अगाडि बढाइएको ईलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ १० गते मंगलबार