बाँके ।
कोहलपुर नगरपालिकामा रोजगार बैंक/श्रम बैंकको स्थापनाको पहल थालिएको छ ।
सोमबार पदभार ग्रहण गर्दैगर्दा नवनिर्वाचित नगर प्रमुख (मेयर) पूर्णप्रसाद आचार्यले रोजगार बैंक/श्रम बैंकको स्थापना गर्ने निर्णयमा हस्ताक्षर गरेपछि उक्त बैंक स्थापनाका लागि पहल सुरु भएको हो ।
रोजगार बैंक/श्रम बैंकको स्थापनापछि यहाँका बेरोजगारहरुलाई रोजगारीका लागि सहज हुने अपेक्षा गरिएको छ । अहिले धेरै व्यक्ति रोजगारविहीन भएका छन् । पदभार लगत्तै नगर प्रमुख आचार्यले सातवटा निर्णयमा हस्ताक्षर गरेका हुन् ।
नगरपालिकामा टोल फ्रि नम्बर सञ्चालन, सिधा कुरा मेयरसँग कार्यक्रम, रोजगार बैंक-श्रम बैंकको स्थापना, छात्रवृत्तिको लागि क्याम्पससँग सहकार्य, पूर्वाधार विकासका साथै आर्थिक विकासमा समेत टेवा पु¥याउने गरी आर्थिक अवस्था विश्लेषण गरी ६ महिनाभित्र प्रतिवेदन तयार गर्नेलगायतका निर्णयमा उनले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्