बाँके ।
कोहलपुर नगरपालिकाका निर्वाचित नगर प्रमुख पूर्णप्रसाद आचार्यले पदभार ग्रहण गरेका छन् ।
नेपालगन्जमा सोमबार मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश खडानन्द तिवारीले नवनिर्वाचित नगर प्रमुख आचार्यलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए ।
यसैगरि, नगर प्रमुख आचार्यले कोहलपुरमा आयोजित एक कार्यक्रमकाबीच नगर उपप्रमुख, वडाध्यक्ष र वडासदस्यलाई सामूहिक रुपमा सपथ गराएका थिए । सपथ खुवाए लगत्तै नगर प्रमुख आचार्यले पदभार ग्रहण गरेका हुन् ।
निवर्तमान नगर प्रमुख लुटबहादुर रावतले आचार्यलाई पद हस्तान्तरण गरेका थिए । पदभार लगत्तै नगर प्रमुख आचार्यले सात वटा निर्णयमा हस्ताक्षर गरेका छन् ।
सपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रममा नगर प्रमुख आचार्य, नगर उपप्रमुख संगिता सुवेदी, निर्वाचन अधिकृत तिर्थराज भट्ट, निवर्तमान नगर प्रमुख लुटबहादुर रावत, निवर्तमान उपप्रमुख सन्जुकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा बोल्दै नगर प्रमुख आचार्यले सबै साथ सहयोगले मात्र कोहलपुरको विकास सम्भव रहेकोमा जोड दिए । कोहलपुरको विकासको लागि सल्लाह सुझाव दिनको लागि सबैलाई २४ सै घण्टा नगरपालिकाको गेट खुला रहेको उनले बताए ।










प्रतिक्रिया दिनुहोस्