बाँके ।
कोहलपुर नगरपालिकामा रहेका ११ वटा वडा मतगणना सम्पन्न हुँदा मेयर र उपमेयरमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ ।
अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ११, १२, १३, १४ र १५ को मतगणना सम्पन्न भएको छ ।
अहिलेसम्म मेयरमा कांग्रेसका पूर्ण आचार्यले अग्रता कायमै राखेका छन् । उपमेयरमा पनि कांग्रेसकै संगिता सुवदीले अग्रता कायम राखेकी छिन् । मेयरका कांग्रेसका आचार्यले १०२७६ र उपमेयरमा सुवेदीले १०५५७ मत ल्याएका छन् ।
नेकपा एमालेका खिलप्रसाद भुषालले ९५९७ र उपमेयर अस्मिता थारुले ९८२८ मत ल्याएका छन् ।
प्रकाशित मिति : २०७९ जेठ ७ गते शनिबार
प्रतिक्रिया दिनुहोस्