कोहलपुर– ६ मा नेपाली कांग्रेसको प्यानलै विजयी



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका– ६ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।

शनिबार दिउँसो सम्पन्न मतगणनाअनुसार वडाध्यक्षमा नेपाली कांग्रेसका श्रीकृष्ण थारु निर्वाचित भएका छन् ।

उनको प्यानलै विजयी भएको निर्वाचन अधिकृतको कार्यालय कोहलपुरले जनाएको छ । वडा नम्बर ६ बाट नेपाली कांग्रेसका मेयर उपमेयरलाई समेत धेरै मत आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ ७ गते शनिबार