सुदीप अधिकारी । बर्दिया ।
ठाकुरबाबा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तिलकराम लम्सालले बृद्ध भत्ता अब जनताको घरदैलोमै पु¥याउने निर्णय गरेका छन् । नवनिर्वाचित नगर प्रमुख लम्सालले शुक्रबार पदभार ग्रहण गर्दै वृद्धभत्ता जनताको घरदैलोमै पु¥याउने निर्णय गरेका हुन् ।
नगर प्रमुखको पदभार सम्हाल्दै तीन बुँदे निर्णय सार्वजनिक गरेका लम्सालले विगतका वर्षहरुमा नगरपालिकाले लिँदै आइरहेको मालपोत करमा समेत समायोजन गर्ने निर्णय गरेका छन् ।
मालपोत कर समायोजनसँगै नगरपालिका कार्यालय र यसअन्तर्गतका वडा कार्यालयबाट सिफारिसवापत लिइने दस्तुरमा ५० प्रतिशत छुट दिनेसमेत नगर प्रमुखले निर्णय गरेका छन् । यी निर्णयहरु आगामी आर्थिक वर्ष २०७९÷०८० देखि लागु हुने जनाइएको छ ।
आगामी आर्थिक वर्षदेखि घरदैलोमै भत्ता पाइने भएपछि ज्येष्ठ नागरिकहरु खुसी भएका छन् । यसअघि ज्येष्ठ नागरिकले बैंकमा घन्टौँ लाइन लागेर भत्ता बुझ्न बाध्य थिए । कर समायोजन र सिफारिस दस्तुरमा छुट दिने निर्णयले आमनागरिकलाई ठूलो सहयोग मिल्ने स्थानीय भरतप्रसाद कठायतले बताए ।
चुनावका क्रममा नवनिर्वाचित नगर प्रमुख लम्सालले नगर प्रमुखमा जितेपछि राज्य कोषबाट प्राप्त हुने कुनै पनि तलब, भत्ता सुविधा नलिने र उक्त रकम नगरका दुःखी, गरिब, असहायको शिक्षा र स्वास्थ्यमा खर्च गर्ने प्रतिबद्धता गरेका छन् ।
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नेत्रराज आचार्यलाई दुई हजार दुई सय २४ मतान्तरले पराजित गर्दै लम्साल ठाकुरबाबा नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्