कोहलपुर– ११ मा एमालेको प्यानलै विजयी



बाँके ।

बाँकेको कोहलपुर नगरपालिका– ११ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । कोहलपुर मुख्य बजार क्षेत्र रहेको यो वडामा भारी मत अन्तरले एमालेको प्यानलै विजयी भएको हो ।

२०७४ सालको चुनावमा समेत यहाँ नेकपा एमालेको प्यानलै विजयी भएको थियो । वडाध्यक्षमा कल्पना अधिकारी शर्माले १४२३ मत ल्याउँदै विजयी भएकी हुन् ।

उनका निकटम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मनप्रसाद आचार्यले १२७५ मत प्राप्त गरे । वडा सदस्यमा गिता चलाउनेले १४२६, सारा परियारले १४०८, बजु थारुले १३२६, सुधन ढकालले १४२४ मत प्राप्त गर्दै विजयी भएका छन् ।

उनीहरु सबैजना एमालेको तर्फबाट उम्मेदवार बनेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ ७ गते शनिबार