भरतपुर ।
भरतपुर महानगरपालिकामा ६१ हजार २५ मत गणना सकिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले २३ हजार १९२ मत पाएकी छन् भने काँग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले २५ हजार ४४१ मत पाएका छन् । सत्ता गठबन्धनका उनीहरु दुबैको अग्रता रहेको छ ।
यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले १९ हजार ७४६ मत पाएका छन् भने राप्रपाकी उपमेयर उम्मेदवार हिमला गुरुङले १५ हजार ५७६ मत पाएकी छन् ।
प्रकाशित मिति : २०७९ जेठ ६ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्