मेयर जितेपछि पहिलो निर्णय: गर्भवती तथा प्रसुति महिलाका लागि निशुल्क एम्बुलेन्स सेवा



दैलेख ।

दैलेखको दुल्लु नगरपालिकाका प्रमुख भरत प्रसाद रिजालले पहिलो निर्णयमै गर्भवती तथा प्रसूति महिलाका लागि अस्पताल जान एम्बुलेन्स सेवा निशुल्क दिने निर्णय गरेका छन् ।

नगरपालिका भित्रका गर्भवती तथा प्रसुती महिला र नवजात शिशुको अकालमा ज्यान जान सक्ने अवस्था विद्यमान रहेकाले सुरक्षित प्रसूति सेवा प्रदान गर्नका लागि उक्त निर्णय गरिएको हो।

उपचारका लागि दुल्लु अस्पतालबाट प्रदान हुने सेवा अपर्याप्त तथा सुरक्षित हुन नसक्ने अवस्था हुँदा बाहिर लैजानु पर्ने आकस्मिक अवस्था सिर्जना भएर बाहिर लैजानु पर्ने स्थिति आए अस्पतालको सिफारिसमा निशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न सकिने निर्णय गरिएको छ।

नेपाली कांग्रेसबाट रिजाल ७ हजार ७२५ मत ल्याएर निर्वाचित भएका छन्। उनी निर्वाचित भएर पदभार ग्रहण गरे लगत्तै उनले उक्त निर्णय गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्र बहादुर शाही ७ हजार ५९२ मत ल्याएका थिए।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ ६ गते शुक्रबार