कोहलपुरका ९ वटा वडाका मत गनिसक्दा मेयर उपमेयरमा कांग्रेसकै अग्रता



बाँके ।

कोहलपुर नगरपालिका १५ मध्ये ९ वटा वडामा मत गनेर सकिएको छ । १, २, ३, ४, ५, १२, १३, १४ र १५ को मतगणना गरेर सकिएको हो । यी वडाहरुको मतगणना सम्पन्न हुँदा मेयर र उपमेयरमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।

एमालेका उम्मेदवारले मतान्तर घटनाएपनि कांग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका हुन् । मेयरमा कांग्रेसका पूर्ण आचार्यले एमालेका खिलप्रसाद भुषाललाई ४११ मतले पछि पारेका छन् । आचार्यको ८१८३ र भुषालको ७७७२ मत रहेको छ । तेस्रो स्थानमा रहेका माओवादीका नरेन्द्र न्यौपानले भने ६५१३ मत ल्याएका छन् ।

उपमेयरमा पनि कांग्रेसकै संगिता सुवेदीले अग्रता कायमै राखेकी छिन् । सुवेदीले ८४९४ र एमालेकी अस्मिता चौधरीले ८३१६ मत आएको छ । उपमेयरमा मतान्तर १७८ रहेको छ ।

अहिलेसम्म गणना भएका ९ वडामध्ये ६ वडामा नेपाली, २ वडामा एमाले र १ वडामा माओवादीले जितेको छ । अहिले कोहलपुर ११ को मत गन्ने तयारी भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ ६ गते शुक्रबार