कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका ५ मा नेकपा एमालेका उम्मेदवार दिपेन्द्र श्रेष्ठ वडाध्यक्ष पदमा विजयी भएका छन् ।
१४९ मतले नेपाली कांग्रेसका नारायणी घिमिरेलाई पछि पार्दै श्रेष्ठले वडाध्यक्षमा बाजी मारेका हुन् ।
श्रेष्ठले ८६४ र घिमिरेले ७१५ मत ल्याएका थिए । वडा सदस्य पदमा भने तीन जना एमाले र एक जना नेपाली कांग्रेसका विजयी भएका छन् ।
प्रकाशित मिति : २०७९ जेठ ६ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्