खजुरा– ८ मा कांग्रेसको प्यानल विजयी



बाँकेको खजुरा गाउँपालि वडा नम्बर ८ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । कांग्रेसका वडा अध्यक्ष उम्मेदवार फिरोज खानसहितको प्यानल विजयी भएको हो ।

फिरोज सो वडाको २०७४ मा निर्वाचिन वडा अध्यक्ष हुन् ।

खानले १ हजार ५ सय ९० मतले विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार इमारान खाँले ९ सय ८९ मत ल्याएका छन् भने नेकपा एमालेका ललुवा शेषले ४ सय ३२ मत ल्याएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ ४ गते बुधबार