खजुरामा एमालेका सुमनभन्दा माओवादीका तुफान १२२ मतले अगाडि



खजुरा ।

बाँकेको खजुरा गाउँपालिकाको अध्यक्षमा गठबन्धनले अग्रता लिएको छ । यहाँ एमाले र गठबन्धनबीच कडा टक्कर छ ।

जारी मतगणनामा एमाले भन्दा गठबन्धनका उम्मेदवार १२२ मतले अघि छन् । नेकपा माओवादी केन्द्रका डम्बर विक तुफानले ७६५४ र एमालेका उम्मेदवार सुमन मल्लले ७५३२ मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि गठबन्धनबाट चुनाव लडेकी कांग्रेसकी मञ्जु मल्ल अगाडि छिन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ ३ गते मंगलबार