बाँके ।
क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो गाउँपालिकाको रुपमा रहेको बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका तप्तबहादुर पौडेल विजयी भएका छन् ।
पौडेल १० हजार ११२ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् । उहाँका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पट्टु थारुले ९ हजार २९२ मत प्राप्त गरेका छन् ।
गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसकै मनीषा सिंह थारु विजयी भइन् । उनी १० हजार १३४ मत प्राप्त गरी उपाध्यक्षमा विजयी भएकी हुन् । अध्यक्षमा विजयी हुनुभएका पौडेल नेपाली काँग्रेस बाँकेको निवर्तमान सचिव हुन् ।
उपाध्यक्षमा नेकपा एमालेका चमेली वाकवलले ९ हजार ३४१ र नेकपा माओवादी केन्द्रका मञ्जु रोकायले ८ हजार ७९३ मत प्राप्त गरेका छन् गाउँपालिकाको उपाध्यक्षमा राप्तीसोनारीका ९ वटा वडामध्ये ५ वडामा नेकपा एमाले, ३ वडामा नेकपा माओवादी केन्द्र र १ वडामा राप्रपा विजयी भएको छ ।
प्रतिक्रिया दिनुहोस्