19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

जुम्लाको सिंजामा माओवादी विजयी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३, २०७९  

जुम्ला ।

जुम्लाको सिंजा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा माओवादी केन्द्रले जितेको छ ।

अध्यक्षमा माओवादीका पूर्णप्रसाद धिताल र उपाध्यक्षमा शितली रोकाया निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित धितालले १ हजार ९४९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नन्दराम बुढाले १ हजार ८३१ मत ल्याएका छन् ।

उपाध्यक्षमा निर्वाचित माओवादीकी रोकायाले १ हजार ९५६ मत पाइन् भने काँग्रेसकी रजनकली शाहीले १ हजार ६९ मत पाएर दोस्रो भइन् ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३, २०७९     11:17:37 AM  |