बाँके ।
खजुरा गाउँपालिकामा माओवादी–कांग्रेस गठबन्धनका उम्मेदर डम्बर विक (तुफान)ले मतान्तर कम गर्दै लगेका छन् ।
वडा नम्बर १, २, ३, ४ र ५ को मतगणना सम्पन्न हुँदा एमालेका सुमन मल्लले ८५ मतले मात्र अग्रता लिएका छन् ।
बिहान १० बजेसम्मको मतगणनाअनुसार एमालेका मल्लले ७४११ र गठबन्धनका तुफानले ७३२६ मत ल्याएका छन् । अझै वडा नम्बर ६, ७ र ८ को मत गन्न बाँकी रहेको छ ।
प्रकाशित मिति : २०७९ जेठ ३ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्