कोहलपुर ।
बाँकेको कोहलपुर वडा नम्बर– २ बाट मेयर पदमा नेकपा (माओवादी केन्द्र)लाई सबैभन्दा बढी भोट आएको छ । माओवादीका नरेन्द्र न्यौपानेलाई सबैभन्दा बढी १५३७ मत आएको हो ।
नेकपा एमालेको गढका रुपमा लिने गरेको यो वडामा भने एमालेका उम्मेदवार भने तेस्रो स्थानमा रहेका छन् । माओवादीपछि यहाँ नेपाली कांग्रेसका उम्मेदवार पूर्ण आचार्यले १५२७ मत पाएका छन् ।
यही वडाका बासिन्दा समेत रहेका एमालेबाट मेयरका उम्मेदवार खिलप्रसाद भुषाललाई भने १५१३ मत आएको छ । उपमेयरमा भने यो वडामा नेपाली कांग्रेसकी संगिता सुवेदीलाई सबैभन्दा धेरै मत आएको छ । उनले १७५२ मत पाएकी छिन् ।
प्रकाशित मिति : २०७९ जेठ २ गते सोमबार









प्रतिक्रिया दिनुहोस्