अर्थमन्त्री जनार्दन शर्माको वडामा कांग्रेसको प्यानलै विजयी



नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्माको वडामा नेपाली कांग्रेसले जितेको छ। रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. ५ मा नेपाली काँग्रेसका समिरजंग मल्ले वडाध्यक्ष जितेका हुन।

२०७४ सालमा यो वडामा नेकपा माओवादी केन्द्रका सुशील गौतमले जितेका थिए। फेरि पनि उनै गौतम वडाध्यक्षमा भिडे पनि शाहसँग पराजित भएका छन्।

अर्थमन्त्री शर्मा यसपटक पनि झन्डै दुई हप्ता आफ्नो पार्टीको लागि माहोल निर्माण गर्न गृह जिल्लामा गएर बसेका थिए। त्यो बीचमा रूकुममा कांग्रेस र माओवादीका बीचमा थुप्रै झडपहरू पनि भएका थिए।

उक्त वडामा माओवादी केन्द्रले एक जना सदस्यमात्र जितेको छ। नगर प्रमुखमा पनि कांग्रेसले अग्रता कायम राखेको छ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ २ गते सोमबार