नेपालगन्ज ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका रामदास थारुले २ मतले अग्रता लिएका छन् । कांग्रेसका तप्त पौडेल दोस्रो स्थानमा रहँदै थारुलाई पछ्याइरहेका छन् ।
अहिलेसम्मको मतगणना अनुसार एमालेका थारुले ७३७६ मत ल्याउँदै पहिलो स्थानमा छन् भने कांग्रेसका पौडेल ७३७४ मतका साथ दोस्रो स्थानमा छन् । पौडेल थारु भन्दा २ मतले पछि छन् ।
त्यस्तै माओवादीका अध्यक्षका उम्मेदवार पट्टु थारुले ६४६५ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा एमालेकै अग्रता छ । एमालेकी चमेली बागवलको ७४७७, कांग्रेसकी मनिषासिंह थारुको ७२८९ र माओवादीकी मन्जु रोकायले ५९३० मत पाएका छन् । अहिले वडा नं. ५, ६ र ७ को मतगणना जारी छ ।

प्रकाशित मिति : २०७९ जेठ २ गते सोमबार









प्रतिक्रिया दिनुहोस्