राप्ती सोनारी गाउँपालिका– ४ मा नेकपा माओवादी केन्द्रले भारी मतान्तरमा जित हात पारेको छ । सोमबार बिहान आएको अन्तिम नतिजाअनुसार वडा अध्यक्षमा मिनराज खड्का (सन्तोष) सहित पुरै प्यानलै भारी मतले जितेको हो ।
अध्यक्ष खड्काले काँग्रेसका कान्छा थारुलाई ७ सय ४ मतान्तरले जितेका हुन् । अध्यक्ष पदमा विजेता खड्काले १ हजार ९ सय ६१ मत ल्याएर विजयी भए भने थारुले १ हजार २ सय ५७ मत ल्याए ।
यसैगरी माओवादीबाटै सदस्यहरुमा मगरे थारु, मदन थारु, दलित सदस्य नुमा वि।क महिला सदस्य सोहनी थारु विजयी भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा छिनो मतले कान्छासँगै हार व्यहोरेका सन्तोषले यसपाली जितेका हुन् ।
प्रकाशित मिति : २०७९ जेठ २ गते सोमबार









प्रतिक्रिया दिनुहोस्