21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

डुडुवामा काग्रेसको बिजय सुरुवात

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ १, २०७९  

बाँके । बाँकेको डुडुवा गाउँपालिकामा कांग्रेसले विजयी सुरुवात गरेको छ । उसले डुडुवा–१ बाट विजयी सुरुवात गरेको हो ।

डुडुवा–१ मा कांग्रेसका पतेश्वरी कुर्मीको प्यानल नै विजयी भएको छ । उनले ८ सय ८२ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णगोपाल यादवले ७ सय १ मत ल्याए ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि नेपाली कांग्रेस नै अगाडि छ । अध्यक्षमा काग्रेशले ९६२, उपाध्यक्षमा ९३३ रहेको छ भने एमालेको अध्यक्षमा ८५०, उपाध्यक्षले ८२१ मत प्राप्त गरेका छन् ।

डुडुवा १ मा २६९५ मतदान भएको थियो भने १४४ मत बदर भएको थियो ।

प्रकाशित मितिः आइतवार, जेष्ठ १, २०७९     1:24:24 PM  |