नौमुले गाउँपालिका अध्यक्षमा माओवादीका छवि सुवेदी विजयी



दैलेख ।

२०७४ को स्थानीय निर्वाचनमा दैलेख जिल्लामै एउटा मात्रै वडा सदस्य जितेको नेकपा ९माओवादी केन्द्र०ले यसपालि गाउँपालिका अध्यक्ष नै जितेको छ।

दैलेखको नौमुलेमा नेकपा एकीकृत समाजवादीसँग मिलेर माओवादीले अध्यक्ष जितेको हो। माओवादी केन्द्रका छविराम सुवेदीले अध्यक्षमा जित हासिल गरेका छन्। उनले ३ हजार २ सय मत पाएका छन्। उनका निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसका भदे बुढामगरले २५४४ भोट पाएका छन्।

उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन्। उनले २८३४ मत प्राप्त गरे। उनकी निकटतम् प्रतिष्पर्धी अमृता सिंहले २४०५ भोट पाएकी छन्।

२०७४ मा नौमुलेमा अध्यक्ष र उपाध्यक्ष दुबै नेपाली काग्रेसले जितेको थियो। कांग्रेसका बहालवाला अध्यक्ष र उपाध्यक्षलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनले हराएको हो।

यसअघिको निर्वाचनमा नेकपा मओवादी केन्द्रले नौमुले गाउँपालिकाको वडा नं ३ मा वडा सदस्य मात्रै जितेको थियो। जिल्लाभरिमा यमबहादुर कठायतले मात्रै वडा सदस्य जितेका थिए।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ १ गते आइतबार