बाँके ।
२०७४ सालको स्थानीय निर्वाचनमा बहुमत सहितको सरकार बनाएको नेपाली काँग्रेस अहिलेको निर्वाचनमा निकै कमजोर देखिएको छ । नेपाली काँग्रेसको निकै बलियो मानिएको वडाहरुमा नेकपा एमालेले कब्जा जमाएको छ ।
राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुको वडा न। ३ मा आफ्नै बहिनी ज्वाइले उनको विरासत भत्काई दिएका छन् । यस पटकको निर्वाचनमा नेपाली काँग्रेस राप्ती सोनारीमा देखिको विवाद बागी उम्मेदवार देखी पार्टी बदली सम्मको अवस्था देखिएको थियो ।
त्यहि फाईदा उठाउदै नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार बनेका लाहुराम थारुका साख्खै बहिनी ज्वाइ मिन कुमार थारुले सानदार बिजयी हात पार्दै लामो समय सम्मको विरासत भत्काई दिएका छन् ।
निर्वाचनमाको सयमा गापा अध्यक्ष थारु आफ्नै वडामा जसरी नि विरासत जोगाउने दाउँमा थिए । यसपाली आफ्नो वडामा जसरी नि निर्वाचन जित्न पर्ने निर्देशन नेता, कार्यकर्तालाई दिदै आफुहरु पनि निकै दौडधुपमा थिए ।
निर्वाचनको दिन पनि लाइनमा बसेका मतदाताहरुलाई भेट्दै दिनभरी घामलाई घाम नभनिकन मत माग्नमै व्यवस्त देखिन्थे । तर उनका ज्वाई मिनकुमारले १हजार ३ सय ४३ मत अर्थात उनको प्रतिद्धण्दी नेपाली काँग्रेसका उम्मेदवार केशुवा थारु संग ९६ मतले पछि पार्दै बिजयी हासिल गरे ।
निर्वाचनको मत परिणाम आउने वित्तिकै नेपाली काँग्रेसका नेता कार्यकर्तामा आरोप प्रत्यारोप चलिरहेको छ । यसैगरी नेपाली काँग्रेसको पकड मानिएको वडा न। १ मा पनि नेकपा एमालेले यस पटक तोडेको छ ।
२३६ मतान्तरले एमाले बाट यम बहादुर खड्का बिजयी भएका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले वडा न। १, वडा न। ,३,४,८ र ९ वडा सहित गाउँपालिका अध्यक्ष उपाध्यक्ष जितेको थियो ।