भरतपुरमा ९५० मत गन्दा रेनु, विजयभन्दा ७० मतले अगाडी



चितवनको भरतपुर महानगरको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाएकी छन्।

९५० मत गणना सकिँदा दाहालले ३७४ मत पाएकी छन्। एमालेका उम्मेदवार विजय सुवेदी ७० मतले पछि परेका छन्। उनले ३०४ मत ल्याएका छन्।

कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १२४ मत ल्याएका छन्। मतगणना जारी छ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख ३१ गते शनिबार