19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

रोल्पामा गोला प्रथाद्वारा माओवादी केन्द्र विजयी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख ३१, २०७९  

रोल्पा ।

रोल्पाको एक स्थानीय तहको वडामा दुई उमेदवारको मत बराबर भएपछि गोला प्रथाद्वारा अन्तिम परिणाम सार्वजनिक गरिएको छ ।

रोल्पा नगरपालिका वडा नं। २ मा नेपाली कांग्रेसका देउचन घर्तीमगर र नेकपा (माओवादी केन्द्र)का प्रकाश डाँगीबीच बराबर मत आएपछि गोला प्रथाद्वारा अन्तिम मत सार्वजनिक गरिएको हो ।

दुवै उमेदवारले ५४३ मत प्राप्त गरेपछि भएको गोला प्रथाबाट नेकपा (माओवादी केन्द्र)का प्रकाश डाँगी विजयी भएका छन् । सो वडाका दलित महिला सदस्य, महिला सदस्य र खुला सदस्य भने नेपाली कांग्रेसले जितेको छ ।

प्रकाशित मितिः शनिबार, बैशाख ३१, २०७९     6:58:07 PM  |