25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

कडा सुरक्षा घेरामा कोहलपुरको मतगणना सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख ३१, २०७९  

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा बल्ल मतदान सुरु भएको छ । जिल्लाका अन्य पालिकामा विहानैदेखि सुरु भएपनि कोहलपुरमा ढिलो गरी सुरु भएको हो ।

अन्य पालिकाका प्रारम्भिक मत परिणाम आउन सुरु गरिसकेको छ । मतगणना स्थलमा सम्पूर्ण दलका प्रतिनिधि पुगिसकेका छन् ।

कोहलपुरमा १५ वटा वडा रहेका छन् । मतगणना वडा नम्बर १ र १५ बाट सुरु हुने जनाइएको छ ।अहिले कोहलपुर नगरपालिकाको कार्यालय बाहिर विभिन्न पार्टीका कार्यकर्ताहरुको भीड नै लागेको छ ।

प्रकाशित मितिः शनिबार, बैशाख ३१, २०७९     11:52:17 AM  |