कोहलपुर : शंकाष्पद् रुपमा मतपेटिका मतदान केन्द्रमा लगिएको भन्दै मतदाताले विरोध जनाएपछि कोहलपुरको पिपिरी मतदान केन्द्र तनावग्रस्त छ । त्यहाँ खासगरी राप्रपाका मेयरका उम्मेदवार र अन्य मतदाताले मतदान केन्द्र बाहिरको सडकमा विरोध जनाइरहेका छन् ।
त्यहाँको स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले मतदातालाई कुटेपनि स्थिति थप जटिल भएको थियो । त्यहाँको स्थिति नियन्त्रणमा लिन अहिले जनपद र नेपाल प्रहरी बाक्लो रुपमा परिचालन गरिएको छ । यता कोहलपुरका निर्वाचन अधिकृत तीर्थराज भट्टले बिहान सातबजेदेखि साँझ ५ बजेसम्म मतदान गरेका मतपेटिका सुरक्षित रहेको बताएका छन् ।
उनले भने, ‘पाँच बजेपछि केही मतदाताले भित्र जान पाउनुपर्छ भनेका थिए । त्यहाँका कर्मचारी गेट बन्द गरे । भित्र ५०–६० जना मतदाता थिए । स्थिति तनावपूर्ण हुने देखेपछि मतपेटिका सुरक्षित गरियो । थप मतदान प्रक्रियाका लागि तीन वटा मतपेटिका लगिएको हो । अरु केही पनि होइन ।’ त्यहाँको स्थितिमा सामान्य बनाउने प्रयास भइरहेको उनले बताए ।