मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख ३०, २०७९
कोहलपुर : मतदान सम्पन्न भएपछि कोहलपुरस्थित पिपिरी मतदान केन्द्रमा खाली मतपेटिका मतदान केन्द्रभित्र लिइएको छ । शंकास्पद ढंगले खाली मतपेटिका मतदान केन्द्रमा लिइएको भन्दै मतदाताले आक्रोश व्यक्त गरिरहेका छन् । विरोधमा मतदाताले प्रदर्शनसमेत गरेका छन् । अहिले त्यहाँको स्थिति तनावग्रस्त भएको छ ।
बल प्रयोग गरेर खाली मतपेटिका मतदान केन्द्रमा लिइएको राप्रपाबाट कोहलपुर नगरपालिकाका मेयरका उम्मेदवार प्रदीप शाहले जनाए । अहिले पत्रकारलाई समेत भित्र प्रवेश गर्न रोक लगाइएको छ ।