बर्दियामा ५५ प्रतिशत मत खस्यो, कुन पालिकामा कति



बर्दिया : बर्दियामा ५५ प्रतिशत मत खसेको छ । जिल्लाका आठ वटै पालिकामा विहान सात बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म ५५ प्रतिशत मत खसेको हो ।

जिल्ला निर्वाचन कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिकामा कुल मत मध्ये २१,१३४, गेरुवा गाउँपालिकामा १४,२७७, ठाकुरबाबा नगरपालिकामा १८,४१३ मत खसेको छ । यस्तै बढैयाताल गाउँपालिकामा २२,५२३,बारबर्दिया ननगरपालिकामा २६,२३५ र बाँसगढी नगरपालिकामा २०,९२६ मत खसेको छ ।

यसैगरी जिल्लाको मधुवन नगरपालिकामा २०,६७१ र राजापुर नगरपालिकामा २४,१०१ मत खसेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख ३० गते शुक्रबार