शिवु खनाल । देउखुरी ।
आसन्न स्थानीय तहका लागि भइरहेको मतदानमा बिहान १२ः ०० बजेसम्म दाङमा ३५ प्रतिशत मत खसेको छ । प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीका अनुसार बिहान ७ बजेदेखि १२ बजेसम्म ३५ प्रतिशतको हाराहारीमा मतदान भएको हो ।
दाङका सवै केन्द्रमा शान्तिपुर्ण तरिकाले मतदान भईरहेको उहाँले बताउनुभयो । ‘अहिले सबै मतदान केन्द्रबाट रिपोर्ट लिने काम जारी छ, उहाँले भन्नुभयो,–। ‘३५ प्रतिशत मतदान भएको हुन सक्ने अनुमान गरिएको छ ।’
दाङमा कुल ४ सय ६१ मतदान केन्द्र, एक सय ५३ मतदान स्थल तय गरिएको छ । मतदान केन्द्रमा मतदाताहरुको उत्साहजनक सहभागी रहेको छ ।।
प्रकाशित मिति : २०७९ वैशाख ३० गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्